मूलभूत उद्देश्यहरू

यहाँहरू सबैमा अभिवादन, शालोम । हाम्रो पार्टीको घोषणापत्रबाट अंशहरू यहाँहरूका माझमा राख्ने क्रममा आज मूलभूत उद्देश्यहरू यहाँहरूमाझ ल्याएका छाैं, पढेर टिप्पणी दिनुहोला, सहमत हुनुहुन्छ र सक्दो धेरै नेपालीहरूले थाहा पाउनुपर्छ भन्ने कुरामा विश्वस्त हुनुहुनछ भने सेयर समेत गरिदिनुहोला ।धन्यवाद ।

मूलभूत उद्देश्यहरूसंघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य व्यवस्था, धर्मनिरपेक्षतासहितको पूर्ण धार्मिक स्वतन्त्रता, समावेशीकरण, बहुलवाद, विधिको शासन, पूँजीवादी अर्थव्यवस्था तथा समतामूलक नेपाली समाजको निर्माण गर्न, उच्च आदर्शयुक्त तथा मौलिक श्रेष्ठतायुक्त लोककल्याणकारी प्रयत्नद्वारा सुन्दर, शान्त र समृद्ध राष्ट्र निर्माण गर्नका लागि जनजागरण पार्टी नेपालले निम्नानुसार आफ्ना उद्देश्यहरू तोकेको छः १. शान्ति र प्रगतिशील न्यायमा आधारित कानुनी राज्यको स्थापना र सुशासनको सुनिश्चितता गर्ने । २. राष्ट्रियता, संघीय लोकतन्त्रिक गणतन्त्र, शान्ति, न्याय, धर्मनिरपेक्षता, धार्मिकता, पारदर्शिता, क्षमा र मिलापको सिद्धान्तअनुसार साँचो प्रेम र व्यवहारबाट लोककल्याणकारी समाज र समुन्नत राष्ट «विकासमा योगदान पुर्याउने । ३. नागरिकका मौलिक हक–अधिकार सुनिश्चित गर्दै सबै धर्म, संस्कृति, जातजाति, भाषाभाषी, पेशा, लिङ्ग र क्षेत्रका बासिन्दालाई समतामूलक सिद्धान्तका आधारमा समान अवसर प्रदान गरी राष्ट्रनिर्माणमा एकजुट हुन अभिप्रेरित गर्ने । ४. राष्ट्रिय हितमा अविछिन्न खडा रहेर निरन्तर सकारात्मक परिवर्तनको बाटोमा लम्किँदै आर्थिक उन्नति तथा भौतिक पूर्वाधारको निर्माण गरी विश्वकै समृद्ध राष्ट्र नेपालको स्थापना गर्ने । ५. धर्मनिरपेक्ष राज्यको सबलीकरणमार्फत धार्मिक–सांस्कृतिक हक एवं मानव अधिकारको सुनिश्चितता गर्दै पूर्ण धार्मिक स्वतन्त्रताको अभ्यासमा आधारित रही अध्यात्मिक र भौतिक ज्ञान र सृजनालाई समस्त नागरिकहरूको हकहित र उन्नतिमा सदुपययोग गर्ने । ६. राष्ट्रिय स्वाधिनता, अखण्डता र सुरक्षा कायम राख्न अटल र अपराजित रहिरहने । अन्तर्राष्ट्रिय तथा द्विदेशीय सन्धी–सम्झौताहरूको पुनरावलोकन गर्दै गुमेका समस्त भूभागहरू देशमा फिर्ता ल्याउने । साथै सबै छिमेकी राष्ट्रहरूबीच समान व्यवहार, सद्भावपूर्ण समदूरीको सम्बन्ध कायम राख्ने र वैदेशिक सम्बन्धलाई सदैव आपसी हितका लागि उपयोग गर्ने । ७. वातावरणीय सन्तुलन कायम राख्दै स्थानीय–राष्ट्रिय स्रोत, साधन र जनशक्तिको उच्चतम प्रययोग तथा परिचालन गर्दै राष्ट्र निर्माणमा समस्त युवा, महिला तथा सम्पूर्ण पक्षहरूको योग्यता र दक्षताको उपयोग गर्ने । ८. लोकतान्त्रिक पद्धतिमा आधारित उत्कृष्ट राजनीतिक संस्कार र सभ्यताको विकास गर्दै विश्वकै नमूनायोग्य मुलुकको स्थापना गर्ने । ९. लोकतान्त्रिक पद्धति अंगीकार गर्ने सबै राजनैतिक दलप्रति समान सद्भाव, पारस्परिक सहयोगको राजनीतिक संस्कार र सभ्यता विकास गर्ने । १०. स्थानीय–राष्ट्रिय स्रोत, साधन र जनशक्तिको उच्चतम प्रययोग तथा परिचालन गर्दै रूपान्तरणकारी ढङ्गले राष्ट्र निर्माणमा निरन्तर लागिरहने, जसका लागि देश विकासमा अति महत्त्व राख्ने यी क्षेत्रहरूको भौतिक पूर्वाधार विकासमा मुख्य प्राथमिकता तोक्दै नेपाल देशलाई सुन्दर शान्त र समृद्ध मुलुक बनाउने, जस्तैः क. मानव संसाधन विकास (आत्मिक, शारीरिक, बौद्धिक र सामाजिक पक्षहरू), ख. कृषि–सहकारी, वन तथा जडीबुटी, ग. पर्यटन व्यवसाय, घ. जलस्रोत तथा उर्जा, ङ. यातायात (सडक, जल, तार, रेल र हवाई), च. सूचना प्रविधि, छ. विज्ञान प्रविधि, आदि ।